वीरगन्ज :

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

बुधबारको बैठक सुरु भएलगत्तै एमालेलगायतका विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, तोकिएको समयमा पनि बैठक सुरु हुन नसकेपछि शुक्रबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

एमालेलगायत विपक्षी दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *