श्रेणी : BANNER
185Views
0
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहबीच बुधबार एकता घोषणा हुने भएको छ। राप्रपा प्रवेशका लागि मिश्रले सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।
राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच बुधबार मध्यान्ह राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
विवेकशील साझा पार्टीमा विवादास्पद दस्तावेज पारित गरेर अघि बढेका मिश्रले स्थानीय तहको निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसयता उनी राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गरिरहेका छन्। मिश्रलाई राप्रपामा उपाध्यक्षको जिम्मेवारी दिइने बताइएको छ ।

प्रतिक्रिया