वीरगन्ज :

रेशम चौधरीको सजाय माफी दिन सरकारको सिफारिस

श्रेणी : BANNER

2 years
birgunj report
42Views
0 Shares

काठमाडौँ । सरकारले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफीका सिफारिस गरेको छ । चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रपतिले चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश दिएसँगै सरकारले मन्त्रिपरिषद्बाट सजायमाफीको निर्णय गर्दै राष्ट्रपतिकोमा सिफारिस गर्ने निर्णय गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *