
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न नमिल्ने बताएका छन् ।
बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताएका हुन् । उनले रायमाझीलाई अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने बताए ।
भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । अध्यक्ष ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताए ।
उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न आयोगलाई आग्रह गरे । अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर सरकार अगाडि बढ्न खाजेको भन्दै अध्यक्ष ओलीले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए ।
कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ थियो । माओवादी केन्द्रका नेताहरुले माओवादी लडाकुलाई दिने भनेर निर्णय गर्ने र त्यो रकम आफैं राख्ने कार्य यसअघि लडाकु शिविरमा भएको उनले बताए ।ar

प्रतिक्रिया