वीरगन्ज :

अयोग्य लडाकूलाई रकम बाँड्ने निर्णय खारेज गर्न एमालेको माग

श्रेणी : BANNER

2 years
birgunj report
35Views
0 Shares

काठमाडौं । नेकपा एमालेले अयोग्य लडाकूलाई रकम बाँड्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको शुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन गर्न लागिएको भन्दै निर्णय खारेज गर्न माग गरेका हुन् ।

उनले तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको भन्दै राज्य कोषको दोहन स्वीकार्य नहुने बताए ।

उनले भने,’माओवादीको अयोग्य लडाकुका नाममा ४८ सयलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । त्यो आपत्तिजनक छ । सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारलाई दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *