वीरगन्ज :

हतार गरेर महानगरका समस्याहरुको समाधान र व्यवस्थापनबाट अन्यत्र मोडिन तयार छैनौं–बालेन

श्रेणी : राजनीति

2 years
birgunj report
60Views
0 Shares

काठमाडौं, भदौ १९ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।

ुहामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *