
श्रेणी : BANNER
36Views
0
Shares
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले तीन दिनभित्र सिंहदरबार र शीतलनिवासको फोहोर उठाउन आदेश दिएको हो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन साहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर साहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन् ।


प्रतिक्रिया