वीरगन्ज :

बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी दर्ता

श्रेणी : राजनीति

2 years
birgunj report
12Views
0 Shares

बारा । प्रतिनिधिसभा सदस्य चयनका लागि बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादबले अहिले बारा–२ मा उम्मेदवारी दिएका हुन् । बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *