श्रेणी : BANNER
वीरगंज (पर्सा), १५ भदौ / जबरजस्ती करणी अभियाेगमा अदालतबाट सजाय ताेकिएका फरार व्यक्ति ३ वर्ष पछि मंगलबार पक्राउ परेका छन् ।
गएकाे तीन वर्ष देखि फरार वीरगंज महानगरपालिका वडा नम्बर १६ का अनिल प्रसाद चाैरसियालाई वडा प्रहरी कार्यालय विर्ताकाे टाेलीले उनकै गाउँबाट मंगलबार पक्राउ गरेकाे हाे ।
जबरजस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरकाे इजलासले चाैरसियालाई ६ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे ।
अदालतकाे फैसला कार्यान्वयनका लागि फरार व्यक्तिलाई पक्राउ गरी मंगलबार नै अदालतमा बुझाइएकाे वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए । अदालतले कैद भुक्तानका लागि उनलाई कारागार चलान गरेकाे प्रहरी निरिक्षक मल्लले जानकारी गराए । कालिका टाईम्स
प्रतिक्रिया