वीरगन्ज :

युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको रुसी राष्ट्रपति पुटिनको भनाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
38Views
0 Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् ।

रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सी चिनफिङलाई पुटिनले चीनको युक्रेन शान्ति योजनाबारे छलफल गर्ने बताए ।

चीनका राष्ट्रपति सी रुसका राष्ट्रपति पुटिनसँग भेटघाट गर्न मस्को पुग्नुले दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धलाई उजागर गरेको र कीभ र यसका पश्चिमी सहयोगीहरूलाई यसबारे चनाखो रहने सङ्केत मिल्ने देखिएको छ ।

राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा रुसी जनताको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका छन् ।

मस्कोमा जारी भ्रमणको शुरुवातमा अनौपचारिक वार्तामा बोल्दै राष्ट्रपति पुटिनले हालैका दशकहरूमा चीनको द्रुत विकासबाट रुस अलिकति ईष्र्यालु भएको पनि बताए ।

यसैबीच युक्रेन र बेलायतले चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । पछिल्लो समय बेलायतले चीनले क्षेत्रीय अखण्डताको सम्मानका लागि आफ्नोसमर्थन गर्न र रुसलाई युक्रेनमा युद्ध अन्त्य गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *