वीरगन्ज :

गृह मन्त्रालयमा फेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै दाबी

श्रेणी : BANNER

3 years
birgunj report
41Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नछाड्ने भएको छ । आइतबार पार्टीको केन्द्रीय समिति बैठकपछि प्रवक्ता डा. मुकुल ढकालले पत्रकारहरुसँग कुरा गर्दै गृह मन्त्रालयमा आफ्नो पार्टीको दाबी स्वभाविकै हुने बताएका हुन् ।

उनले आफ्नो पार्टीको जिम्मेवारीमा परेको गृह मन्त्रालयमा आफूहरुको दाबी हुनु अन्यथा नहुने बताए । उनले सहयात्री दलमा समस्या नआएको र आफ्नो पार्टीको समस्या समाधान भएकाले आफ्नो पार्टीले पाएको गृह मन्त्रालयको जिम्मेवारी लिने अधिकारी आफूहरुलाई भएको दाबी गरे ।

उनले भने, ‘हाम्रो बुझाई यो समस्या हाम्रो पार्टीमा आएको हो । सहयात्री अन्य दलहरुमा आएको समस्या होइन । यो हाम्रो पार्टीको समस्या भएको र समाधान गरिसकेकाले यसबारे आवश्यक निर्णय लिने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’

उनले यस विषयमा पार्टी सभापतिले सत्तारुढदलका नेताहरुसँग छलफल गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *