श्रेणी : राजनीति
8Views
0
Shares
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कानुनी समस्या भए हटाएर निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसअघि सत्ता गठबन्धन र संसदमा रहेका अन्य दलहरुसँग पनि समर्थन माग्ने बताए ।
प्रतिक्रिया