वीरगन्ज :

जिप दुर्घटनामा परी सुर्खेतमा चार जनाको मृत्यु

श्रेणी : समाज

2 years
birgunj report
13Views
0 Shares

कर्णाली । सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खोलामा जिप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा जिप चालक वीरेन्द्रनगर–७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका–५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका–३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षका राजेन्द्र बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही भने घाइते भएका छन् । उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *