श्रेणी : राजनीति
31Views
0
Shares
गण्डकी । गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा धिताल ३२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारी २६ मत ल्याएर पराजित भइन् । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।
धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादीका दीपक मनाङेले मत दिएका थिए । धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए
प्रतिक्रिया