वीरगन्ज :

सेप्टिक ट्यांकीको रिङ भत्किँदा तीन मजदुरको मृत्यु

श्रेणी : प्रदेश

43 minutes
Pradeep Sah
2.6kViews
1120 Shares

नेपालगन्ज,१३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्ति टोलमा निर्माणाधीन सेप्टिक ट्यांकीको रिङ भत्किँदा तीन जना मजदुरको मृत्यु भएको छ।

स्थानीय एक व्यक्तिको घरको आँगनमा सेप्टी ट्यांकी निर्माणका क्रममा अचानक रिङ भत्किएर मजदुरहरू च्यापिएका थिए। घटनामा कोहलपुर–३ निवासी अन्दाजी ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक डम्बरपालको नेतृत्वमा १५ जना प्रहरीको टोली घटनास्थल पुगेर उद्धार प्रयास गरेको थियो। तर तीनै जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *