वीरगन्ज :

सुनसरी घटनाबारे सबै दलको संयुक्त अपिल आउने : सभापति लामिछाने

श्रेणी : मधेस

49 minutes
Pradeep Sah
1.6kViews
1208 Shares

काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिल जारी गरिने बताएका छन् ।

बुधबार सिंहदरबारमा लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रूपमा दलहरूबीच फरक मत र प्रतिस्पर्धा रहे पनि संवेदनशील परिस्थितिमा सबै एक ठाउँमा उभिएको बताए ।

‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस्तो बेला हामी एकै ठाउँमा उभियौं,’ लामिछानेले भने, ‘सबै दलको एउटा अपिल छिट्टै आउँछ ।’

सुनसरीलगायतका क्षेत्रमा पछिल्लो समय भएका घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको लामिछानेले बताए । बैठकमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूले घटनाबारे आ–आफ्ना धारणा राख्दै आवश्यक मार्गनिर्देशनसमेत दिएको उनले जानकारी दिए ।

लामिछानेका अनुसार बैठकमा सरकारको प्रतिनिधिका रूपमा अर्थमन्त्री स्वर्णिम वाग्ले पनि सहभागी थिए । बैठकमा घटनाको संवेदनशीलता, राजनीतिक दलहरूको साझा धारणा र आगामी कदमबारे छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *