वीरगन्ज :

सांसद सुशील कानुको वडामा रास्वपाको संगठन विस्तार, सन्तोष साहको नेतृत्वमा वडा समिति गठन

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.0kViews
1162 Shares

बीरगन्ज,०३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगञ्ज महानगरपालिका–१० मा आफ्नो संगठन विस्तार गर्दै नयाँ वडा समिति गठन गरेको छ।

शनिबार सम्पन्न वडा भेलाबाट सन्तोष कुमार साह कानुको अध्यक्षतामा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। समितिको उपाध्यक्षमा मुकेश कुमार गुप्ता, सचिवमा सुमेश्वर साह तथा सदस्यहरूमा मनिष कुमार सरार्फ, सोनु गुप्ता, विकास साह सोनार, प्रेम गुरुङ, मञ्जु कलवार, खुशी श्रेष्ठ र ज्योति कुमारी सोनारिन चयन भएका छन्। महिला दलित सदस्यमा जया कुमारी देवी चयन भएकी छन्।

त्यसैगरी, सल्लाहकार समितिमा दीपेन्द्र कुमार सिंह, रमइ साह कानु र योगेन्द्र प्रसाद कानुलाई जिम्मेवारी दिइएको छ।

यो वडा प्रतिनिधिसभा सदस्य सुशील कानुको आफ्नै वडा समेत भएकाले भेलालाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

वडा भेलामा पार्टीका मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद राय माझी, प्रदेश खेलकुद विभागका अध्यक्ष आनन्द प्रसाद कानु, पर्सा जिल्ला सदस्य प्रियंका पटेल, वीरगञ्ज महानगर सदस्य सन्दीप कुशवाहा तथा क्षेत्रीय सचिव किशन प्रसादलगायत नेताहरूको उपस्थिति रहेको थियो।

रास्वपाले मधेस क्षेत्रमा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै स्थानीय तहसम्म पार्टी संरचना मजबुत बनाउने रणनीतिअनुसार वडा समिति गठनलाई अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *