वीरगन्ज :

सर्लाहीमा नक्कली नोटसहित दुई जना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.5kViews
1129 Shares

सर्लाही,०६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका क्षेत्रबाट नेपाली नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुबैजनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पर्सा गाउँपालिका–६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साले सञ्चालन गरेको सरप्राइज चेकजाँचका क्रममा विआर ३० एपी ७५३९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५०० दरका ४८ थान नक्कली नोट फेला परेको हो।

पक्राउ पर्नेमा पर्सा गापा–६ निवासी २१ वर्षीय मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित कुम्हार रहेका छन्। मोटरसाइकल चालक मुकेशकुमार साहको साथबाट नक्कली नोट बरामद भएको हो भने सरोज पण्डित पछाडि सवार थिए।

दुवैलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी सरोज राईले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *