वीरगन्ज :

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1717 Shares

जनकपुर,१८ चैत । सर्लाहीको हरिपुर नगरपालिका–१, हजार बिघामा आइतबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ४६ वर्षीय राजु सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर ज्यान गएको हो।

स्थानीय स्रोतका अनुसार, मगर आफ्नै घरको भुइँतलामा झुण्डिएको बिजुलीको नाङ्गो तारमा छुने क्रममा करेन्ट लागेका थिए। करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि हनुमन्ते अस्पताल, बरहथवा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरे।

इलाका प्रहरी कार्यालय, बरहथवाका डिएसपी गौतम थापाले घटनाबारे जानकारी दिनुभयो। मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

हरिपुर नगरपालिका–१ का वडाध्यक्ष नानीबाबु थापाका अनुसार, करेन्ट लागेर मृत्यु भएका सोमबहादुर खपाङ्गी मगर मुटु र क्षयरोगका बिरामी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *