वीरगन्ज :

सर्लाहीको बसबरियामा धारिलो हतियार प्रहार गरी पुरुषको हत्या

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.0kViews
1326 Shares

सर्लाही,०७ असार । सर्लाहीको बसबरिया गाउँपालिका–२, मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

शनिबार राति स्थानीय ५० वर्षीय होसनारायण यादवलाई घरभित्र सुतेकै अवस्थामा दुई जना अपरिचित व्यक्तिले घाँटीमा धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेल तथा बरहथवा डिएसपी गोपीकृष्ण सुवेदीसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धानलाई सहज बनाउन प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको जनाएको छ।

गम्भीर घाइते यादवलाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि आइतबार बिहान प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान तीव्र पारेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *