वीरगन्ज :

सञ्चार स्वतन्त्रता संरक्षणको माग गर्दै काठमाडौँमा पत्रकारहरू धर्नामा

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.9kViews
1630 Shares

काठमाडौँ,२७ जेठ । सूचना तथा विज्ञापन वितरणमा सरकारले अपनाएको विभेदकारी र स्वेच्छाचारी नीतिको विरोध गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखा ले सडक विभाग अगाडि धर्ना दिएको छ।

धर्नामा शाखाले प्रेस स्वतन्त्रता कमजोर पार्ने सरकारी निर्णय तत्काल खारेज गर्नुपर्ने, संविधान संशोधनका लागि संसदबाट सर्वपक्षीय कार्यदल गठन गर्नुपर्ने र नागरिकको निर्बाध सूचना पहुँच सुनिश्चित गर्नुपर्ने तीन प्रमुख माग अघि सारेको छ।

पत्रकारहरूले सूचना र विज्ञापन वितरणमा देखिएको भेदभावले स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको अस्तित्वमै असर पारेको भन्दै गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनीहरूले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता व्यवहारमा लागू हुनुपर्नेमा जोड दिएका छन्।

सडक विभाग अगाडि भएको धर्नामा सहभागी पत्रकारहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *