वीरगन्ज :

सञ्चारमाध्यमको भूमिकामाथि आईजीपीको जोड, सकारात्मक समाचारलाई प्राथमिकता दिन आग्रह

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1978 Shares

काठमाडौं,०८ साउन । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै नागरिकको अध्ययन र सूचना ग्रहण गर्ने शैली परिवर्तन हुँदै गएको भन्दै यसले पढ्ने संस्कृतिमाथि असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले अहिले मानिसहरू लामो लेख वा समाचारभन्दा छोटो भिडियो र संक्षिप्त सामग्रीतर्फ बढी आकर्षित भइरहेको बताए।

उनका अनुसार टिकटकलगायतका डिजिटल प्लेटफर्मले सूचना उपभोग गर्ने बानीमा ठूलो परिवर्तन ल्याएको छ। यही परिवर्तनलाई ध्यानमा राख्दै नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत छोटा, प्रभावकारी र सहज रूपमा बुझ्न सकिने भिडियो तथा सन्देशहरू सार्वजनिक गरेर नागरिकसम्म सूचना पुर्‍याउने रणनीति अपनाइरहेको उनले जानकारी दिए।

महानिरीक्षक कार्कीले सञ्चारमाध्यमलाई राजनीति, कूटनीति र द्वन्द्वका समाचारमा मात्र सीमित नहुन आग्रह गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विषयवस्तुलाई पनि उचित स्थान दिनुपर्ने धारणा राखे।

उनले कृषि, पर्यटन, नवप्रवर्तन, उत्पादन, सुरक्षा, परिश्रम र समाजका लागि उल्लेखनीय योगदान गर्ने व्यक्तिका प्रेरणादायी समाचारलाई प्राथमिकता दिए समाजमा सकारात्मक सोच, उद्यमशीलता र रचनात्मकताको विकास हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *