वीरगन्ज :

वीरगन्जमा हृदयविदारक घटना: रोटाभेटरले बालकको ज्यान लियो

श्रेणी : BANNER

4 days
Pradeep Sah
1.8kViews
1671 Shares

बीरगन्ज,२६ जेठ । वीरगन्जमा ट्रयाक्टरको रोटाभेटरमा बेरिएर एक बालकको मृत्यु भएको छ।

सोमबार साँझ करिब ७ बजेको समयमा वीरगन्ज महानगरपालिका–३० प्रसोतिपुरमा मधेश प्रदेश ०३–००१ त ८१७६ नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना भएको हो।

प्रहरीका अनुसार स्थानीय नुरैन मियाँका ५ वर्षीय छोरा सोनु अन्सारी आफ्नै खेतमा जोताइ भइरहेको बेला ट्रयाक्टरमा जडान गरिएको रोटाभेटरमा बेरिएका थिए। घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पतालमा गरिएको इसीजी परीक्षणपछि साँझ साढे ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *