वीरगन्ज :

वीरगञ्जमा ‘मधेस माटी महोत्सव’को पहिलो संस्करण भव्य रूपमा सम्पन्न, दोस्रो संस्करण अझ भव्य बनाउने तयारी

श्रेणी : मधेस

2 days
Pradeep Sah
2.4kViews
1859 Shares

बिरगंज टाउनहल मा आयोजित ‘मधेस माटी महोत्सव’ को पहिलो संस्करण भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
सामाजिक अभियन्ता कृष्ण मोहन सहनी को अध्यक्षतामा सम्पन्न महोत्सवले मधेसी संस्कृति, कला र संगीतलाई एकै थलोमा प्रस्तुत गर्दै दर्शकको उत्साहजनक सहभागिता बटुलेको थियो।
कार्यक्रममा बिनय बिहारी प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। भोजपुरी संगीत जगतकी चर्चित गायिका इन्दु सोनाली को विशेष प्रस्तुतीले माहोल झन् उत्साहपूर्ण बनेको थियो।
सचिप्रेम फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त महोत्सवलाई दर्शक र सहभागीहरूले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका छन्। कार्यक्रमका अध्यक्ष सहनीले आगामी दिनमा यसको दोस्रो संस्करण अझ भव्य रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिएका छन्।
उनका अनुसार, दोस्रो संस्करणमा पहिलोपटक वीरगञ्जमा चर्चित लोक तथा मैथिली गायिका मैथिली ठाकुर लाई आमन्त्रण गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *