वीरगन्ज :

विरोधको सम्भावनापछि हर्क साम्पाङले जानकी मन्दिर जाने कार्यक्रम रद्द

श्रेणी : मधेस

3 hours
Pradeep Sah
1.7kViews
1462 Shares

जनकपुर,०५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई (हर्क साम्पाङ) ले विरोधको सम्भावना देखिएपछि जानकी मन्दिर भ्रमणको पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन्।

हर्क साम्पाङको स्वागतका लागि जानकी मन्दिर पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट बाहिर जान बाध्य बनाएको थियो। घटनापछि तनावको अवस्था सिर्जना हुन सक्ने आकलन गर्दै मन्दिर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

सम्भावित झडप र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साम्पाङले जानकी मन्दिर जाने कार्यक्रम स्थगित गरी सोझै जनकपुरस्थित क्राउन प्लाजा होटल पुगेका हुन्।

त्यहाँ उनले श्रम संस्कृति पार्टीको मधेस प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा पार्टीको संगठन विस्तार, आगामी रणनीति तथा मधेस प्रदेशमा पार्टीको भूमिका सुदृढ गर्ने विषयमा नेता–कार्यकर्ताबीच छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *