वीरगन्ज :

लायन्स क्लबद्वारा छात्राहरुलाई आत्मरक्षा तालिम

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.0kViews
1707 Shares

वीरगंज । लायन्स क्लब अफ वीरगंजकाे आयाेजनामा साेमबारदेखि वीरगंजमा सात दिने आत्मरक्षा तालिम सुरु भएकाे छ । नेपाल कराते महासंघ पर्साकाे सहयाेगमा वीरगंज १६ नगवास्थित श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयमा तालिम सुरु भएकाे हाे ।

क्लबका अध्यक्ष सुनिल कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे तालिमकाे उद्घाटन श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रले गरेका थिए । तालिम उद्घाटन गर्दै प्रधानाध्यापक मिश्रले तालिम छात्राहरुकाे लागि फलदायी हुने विश्वास ब्यक्त गरे ।

तालिम उद्घाटन कार्यक्रममा लायन्स विजय कुमार गुप्ता, लायन्स विनित जयसवाल, लायन्स गाेबिन्द प्रसाद कानु, नेपाल कराते महासंघ पर्साका अध्यक्ष राजु साह, उपाध्यक्ष राकेश श्रेष्ठ, सचिव बिश्वराज पटेल, दिलिप पटेल तथा विद्यालयका शिक्षक शिक्षिकाहरुकाे उपस्थिती रहेकाे थियाे ।

उक्त तालिमका कक्षा ८, ९ र १० का एक सय जना भन्दा बढी छात्राहरुकाे सहभागिता रहेकाे आयाेजक क्लबले जनाएकाे छ । तालिममा हेमा मगर र बर्षा पाेखरेलले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *