वीरगन्ज :

रौतहटमा फेला परेको बेवारिसे स्कार्पियो गाडी भन्सार कार्यालयमा बुझाइयो

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
Pradeep Sah
2.9kViews
1027 Shares

रौतहट,२१ पुस । रौतहट प्रहरीले भारतीय नम्बर प्लेटको बेवारिसे स्कार्पियो गाडी जिल्ला भन्सार कार्यालय, गौरमा बुझाएको छ। विआर ०१ पीएल ९३८३ नम्बरको सेतो रङको उक्त गाडीको अनुमानित मूल्य ३० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका-३ स्थित सडक छेउमा फेला परेको उक्त गाडी भन्सार छली गरी चलाइएको सूचनाको आधारमा खोजी गर्दै प्रहरीले बरामद गरेको हो।

पाँच महिनाको अवधिमा पटक-पटक सूचना जारी गर्दा पनि गाडीको हकदाबी गर्न कोही सम्पर्कमा नआएकोले आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताए।

रौतहट जिल्ला भारतसँग २८ किलोमिटर लामो सिमानाबाट जोडिएको छ। दुई देशबीचको रोटी-बेटीको सम्बन्धका कारण यहाँ भारतीय नम्बर प्लेटका गाडीहरूको आवागमन सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


18 minutes
Pradeep Sah