काठमाडौं,१२ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर एक नागरिकको मृत्यु भएपछि त्यसको विरोधमा हिन्दुवादी सङ्गठनहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
देवानगञ्ज–३ कप्तानगञ्जमा साउने सोमबारका अवसरमा आयोजित बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भई झडप भएको थियो। स्थिति तनावपूर्ण बनेपछि भीड नियन्त्रण गर्न र झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो।
उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै हिन्दुवादी सङ्गठनका कार्यकर्ताहरू माइतीघर मण्डलामा भेला भएका थिए। उनीहरूले नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा मृतकलाई न्याय दिन सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने माइतीघर क्षेत्रमा केही समय आवागमनसमेत प्रभावित भएको थियो।

प्रतिक्रिया