वीरगन्ज :

महावीर पुन मन्त्री बन्दै

श्रेणी : प्रदेश

9 hours
Pradeep Sah
2.8kViews
1761 Shares

काठमाडौं,२६ जेठ । म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको छ । धानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ ।

यसबारे पुनसँग जिज्ञास राख्दा यस विषयमा आफूले जानकारी नपाएको प्रतिक्रिया दिएका छन् ।  उनले  भने, ‘मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन । कसैले फोन पनि गरेको छैन ।’

पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।

उक्त मन्त्रालयका लागि पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए । यसअघिको अन्तरिम सरकारमा पुन शिक्षामन्त्री थिए ।

गत फागुन २१ को चुनावमा उनी म्याग्दीबाट स्वतन्त्र रुपमा चुनाव जितेका थिए । उनलाई चुनावमा रास्वपाले समर्थन गरेको थियो । रास्वपाका सांसद भएपनि उनको संसद्‌मा स्वतन्त्र सांसदको हैसियत छ ।

पुनले लामो समयदेखि विज्ञान तथा नवप्रवर्तनको वकालत गर्दै आएका छन् । उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *