वीरगन्ज :

मधेस सरकारमा मन्त्री हेरफेर : कुशवाहा पर्यटन र यादव वन मन्त्रीमा नियुक्त

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.7kViews
1856 Shares

जनकपुर,०९ जेठ । मधेस प्रदेशको मन्त्रिपरिषद्मा फेरबदल भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्रीलाई पदमुक्त गर्दै नयाँ अनुहारलाई सरकारमा ल्याएका छन्।

पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ अन्सारी र पूर्व वन तथा वातावरण मन्त्री त्रिभुवन साह लाई हटाएर, बसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादव लाई मन्त्रीमा नियुक्त गरिएको हो। कुशवाहालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन मन्त्रालय सम्हाल्ने भएका छन्।

नव-नियुक्त मन्त्रीद्वय कुशवाहा र यादव दुवै जना जनता समाजवादी पार्टीका तर्फबाट पहिल्यै सरकारमा अनुभव बटुलिसकेका अनुहार हुन्। कुशवाहा यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए भने यादव राज्यमन्त्रीको भूमिकामा थिए।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी मण्डारीले नेपालको संविधानको धारा १६८ अन्तर्गत नयाँ मन्त्रीहरूको नियुक्ति गरेकी हुन्।

जनमत पार्टीले कार्यसम्पादनको मूल्यांकनको आधारमा अन्सारी र साहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *