वीरगन्ज :

मधेश केन्द्रित दलहरूसँग सहकार्यका लागि जनमतद्वारा कार्यदल गठन

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.3kViews
1991 Shares

काठमाडौँ,२२ पुस । मधेश केन्द्रित दलहरूसँग मोर्चाबन्दीको पहल गर्न जनमत पार्टीले दुई सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादवलाई संवाद र सहकार्यको जिम्मेवारी दिएको हो।

प्रवक्ता यादवका अनुसार कार्यदलले संविधान संशोधन, कार्यगत एकता, र पार्टी एकीकरणजस्ता महत्त्वपूर्ण विषयमा मधेश केन्द्रित दलहरूसँग संवाद अघि बढाउनेछ। सहकार्यको प्रयासलाई औपचारिकता दिन यो कार्यदल गठन गरिएको जनमत पार्टीले जनाएको छ।

यस कदमलाई मधेशको राजनीतिक एकतालाई सबल बनाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *