वीरगन्ज :

मधेश कांग्रेस विवाद समाधान गर्न गगन थापा जनकपुर जाँदै

श्रेणी : BANNER

14 hours
Pradeep Sah
2.5kViews
1189 Shares

वीरगन्ज,०६ जेठ । नेपाली कांग्रेसका नेता गगन थापा आज जनकपुरधाम जाने भएका छन्। मधेश प्रदेश कांग्रेस संसदीय दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले उनले पार्टी नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको हो। आगामी शुक्रबार मुख्यमन्त्री कृष्ण यादव ले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसभित्रको असन्तुष्टि र सम्भावित फ्लोर क्रसले राजनीतिक अवस्था जटिल बनेको छ।

यसअघि ४ गतेका लागि तय गरिएको बैठक आन्तरिक असहमति कारण ८ गते सारिएको भए पनि विवाद अझै समाधान हुन सकेको छैन। स्रोतका अनुसार गगन थापा निकट केही नेता तथा असन्तुष्ट समूह मुख्यमन्त्री यादवको विपक्षमा देखिएका छन्। अर्कोतर्फ संस्थापन पक्ष भने सरकार जोगाउने रणनीतिमा सक्रिय रहेको बताइएको छ।

प्रदेश सरकारको गणितमा सत्ता साझेदार दलहरूको भूमिका पनि निर्णायक मानिएको छ। विशेषगरी जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरूको निर्णयले विश्वासको मतको परिणाम प्रभावित पार्ने देखिन्छ। यसैबीच अर्को सत्ता साझेदार जनमत पार्टी ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार थप दबाबमा परेको छ।

प्रदेश सभामा सत्ता पक्षसँग करिब ६२ सिट भए पनि आन्तरिक असन्तुलन र सम्भावित फ्लोर क्रसका कारण विश्वासको मतको नतिजा अनिश्चित बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *