वीरगन्ज :

मकवानपुरमा रुखले च्याप्दा एक जनाको मृत्यु

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.5kViews
1694 Shares

मकवानपुर,१६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका–३ स्थित देउजोरमा रुख काट्ने क्रममा च्यापिएर एक जनाको ज्यान गएको छ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा इलाम नगरपालिका–९ घर भएका ४६ वर्षीय दिलकुमार लिम्बूको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

घटनापछि लिम्बूको शव हेटौंडा अस्पतालमा पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *