वीरगन्ज :

भारतीय नम्बर प्लेटको कारबाट पर्सामा २० किलोभन्दा बढी गाँजा बरामद

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.7kViews
1938 Shares

बीरगन्ज,०५ साउन । पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकखण्डबाट प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मंगलवार चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको भारतीय कारलाई रोकी कानुनी रूपमा खानतलासी गर्दा उक्त कारको पछाडिको सिटमुनि लुकाइराखिएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ प्लाष्टिकसहित उक्त लागू औषध गाजा फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, बिहारको सीतामढी जिल्ला ग्राम पञ्चायत तालका डुम्रा–३३ बस्ने ३३ वर्षीय रहमद अन्सारी रहेका छन्।

बरामद गाँजा र कारसहित अन्सारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *