वीरगन्ज :

बोलबम यात्राका क्रममा बसबाट खसेर बाराका श्रद्धालुको मृत्यु

श्रेणी : BANNER

11 hours
Pradeep Sah
2.4kViews
1523 Shares

बीरगन्ज,०८ भदौ । भारतको अरेराजमा बोलबम यात्रामा गएका बाराका एक तीर्थयात्रीको बसबाट खसेर दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–३ भटिनियाका वनारसी राय यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यादव गाउँका अन्य श्रद्धालुसँगै मे १ ख २४२९ नम्बरको बस रिजर्भ गरेर बोलबम यात्राका लागि अरेराज गएका थिए। भदौ ६ गते दिउँसो करिब ३ बजे यात्रा गरिरहेका बेला उनी अचानक बसबाट खसेका थिए।

बसबाट खसेलगत्तै सोही बसको पछाडिको चक्काले किच्दा यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नेपाल ल्याइएको थियो।

भदौ ७ गते बिहान करिब ८ः१५ बजे वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएका यादवलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *