वीरगन्ज :

बैंकिङ कसुर मुद्दामा फरार व्यवसायी शंकर अग्रवाल पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.7kViews
1414 Shares

काठमाडौं,०६ साउन । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजारबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको हो।

सीआईबीले अनुसन्धान गरिरहेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने सीआईबीले जनाएको छ।

यसअघि पनि अग्रवाल २०८२ चैतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दामा उनी पछि रिहा भएका थिए।
हाल प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *