वीरगन्ज :

बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

श्रेणी : अर्थ

2 hours
Pradeep Sah
1.6kViews
1963 Shares

काठमाडौं,०२ जेठ । आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षकमा मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औँ सारांश प्रतिवेदनअनुसार यो वर्ष गरेको लेखापरीक्षणअनुसार मधेश प्रदेशमा पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ । साथै, सो प्रदेशले गत वर्षमा १ अर्ब ४२ करोड ३३ लाख ७६ हजार पेश्की पनि वितरण गरेको थियो, जुन अन्य सबैभन्दा धेरै हो ।

त्यस्तै, गत वर्ष कोशी प्रदेशमा ५८ करोड ६६ लाख ८३ हजार, बागमती प्रदेशमा ६९ करोड ३७ लाख ९४ हजार, गण्डकी प्रदेशमा ५९ करोड ५० लाख १९ हजार, लुम्बिनी प्रदेशमा ७२ करोड ६९ लाख ५ हजार, कर्णाली प्रदेशमा ७७ करोड ३५ लाख ६२ हजार र सुदूरपश्चिम प्रदेशमा ६० करोड ४८ लाख ८९ हजार रुपैयाँ बराबर बेरुजु देखिएको छ ।

हालसम्मको बेरुजुमध्ये मधेश प्रदेशमा नै सबैभन्दा धेरै १ अर्ब ९८ करोड ७ लाख ६९ हजार रुपैयाँ बेरुजु पुगेको महालेखाले जनाएको छ । अन्य प्रदेशको बेरुजु भने ८० करोड भन्दा तल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *