वीरगन्ज :

बीरगन्ज–१६ नाकाबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा एक महिला पक्राउ

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.4kViews
1292 Shares

बीरगन्ज,०५ भदाै । पर्सा प्रहरीले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी गोर्खा नगरपालिका–४ की २८ वर्षीया सीता सिर्मल बुधबार दिउँसो बीरगन्ज–१६ नाकाबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनले विभिन्न प्रलोभन देखाउँदै महिलाहरूलाई भारततर्फ लैजाने प्रयास गर्दै आएकी थिइन्। उनी काम लगाइदिने, नयाँ कपडा किनिदिने, विवाह गरिदिने वा पैसा दिने प्रलोभनमा पारी विभिन्न जिल्लाका महिलाहरूलाई फसाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यसरी नै तीन महिलालाई हेटौंडाबाट ल्याएर वीरगन्ज हुँदै भारतको रक्सौलतर्फ लैजाने क्रममा प्रहरीले पीडितलाई सकुशल उद्धार गरेको हो।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार सिर्मलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *