वीरगन्ज :

बीरगन्जमा पेट्रोलपम्पबाट मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

श्रेणी : BANNER

13 hours
Pradeep Sah
2.0kViews
1986 Shares

 

बीरगन्ज,०६ जेठ । बीरगन्जमा पेट्रोलपम्पमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिकलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी २४ वर्षीय प्रेमकुमार पटेल हुन्।

प्रहरीका अनुसार मंगलबार वीरगन्ज महानगरपालिका–१२ स्थित मलिबन्धु पेट्रोलपम्पमा पार्किङ गरिएको मधेश प्रदेश ०३–०३३ प ८५१७ नम्बरको अपाची मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको बताइएको छ।

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका पटेललाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका पटेललाई हाल प्रहरी हिरासतमा राखिएको छ। उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *