वीरगन्ज :

बिना अनुमति राखिएको हातहतियार बुझाउन बारा प्रशासनको निर्देशन

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.2kViews
1628 Shares

बीरगन्ज,१८ चैत । जिल्ला प्रशासन कार्यालय बारा ले बिना इजाजत राखिएको हातहतियार बुझाउन निर्देशन दिएको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले एक सार्वजनिक सूचना जारी गर्दै इजाजत पत्र नविकरण नगरी, इजाजत प्राप्त व्यक्तिको मृत्यु पछि नामसारी नगरी वा अन्य कुनै पनि तरिकामा राखिएका हातहतियार र खरखजाना ७ दिन भित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएका छन्।

सूचनामा भनेको छ कि, तोकिएको समय भित्र स्वेच्छाले हातहतियार नबुझाएमा प्रचलित कानुन अनुसार कारवाही हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *