
काठमाडौँ,०७ जेठ । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।
इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक पर्ने योग्यता, कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया