श्रेणी : मधेस

वीरगंज (पर्सा), २७ वैशाख । पोखरिया नगरपालिकामा आयोजित एक भेलाले वैश्य समाज पोखरिया नगर समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ । कुल ९ सदस्यीय संरचना रहेको उक्त समितिले सामाजिक एकता, विकास र समुदायको सशक्तिकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
नवगठित समितिको अध्यक्षमा रामेश्वर साह तेली चयन भएका छन् भने उपाध्यक्षमा अजय प्रसाद कलवार र सचिवमा शैलेश साह कानु चयन भएका छन् । समितिको सदस्यहरूमा उमेश साह कानु, बलिराम साह तेली, रामचन्द्र साह तेली, शिनाथ साह तेली, साधु साह रौनियार तथा रामचन्द्र साह तेली रहेका छन् । कार्यक्रम वैश्य समाज पर्सा जिल्ला समितिका अध्यक्ष डा. सन्तोष कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा विश्वनाथ साह तेली, केन्द्रीय अध्यक्ष तेली समाज नेपालको सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रममा कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी साह कानु, पूर्व सांसद अरिनारायण रौनियार, दिपनारायण प्रसाद रौनियार (पूर्व मेयर, पोखरिया नगरपालिका), वैश्य समाज नेपालका केन्द्रीय सदस्य असरफी साह तेली, पोखरिया नगर समितिका अध्यक्ष मोहन साह तेली तथा समाजसेवी राजेश प्रसाद रौनियारलगायत विभिन्न सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पदाधिकारीहरूले वैश्य समाजको एकता सुदृढ गर्दै सामाजिक विकास, शिक्षा, आर्थिक सशक्तिकरण तथा राज्यका विभिन्न निकायमा समुदायको प्रभावकारी सहभागिता सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा वक्ताहरूले समाज अझै पनि विभिन्न रूपमा छरिएर रहेको उल्लेख गर्दै आगामी दिनमा संगठित भएर हकहित र उत्थानका लागि एकीकृत रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।


प्रतिक्रिया