वीरगन्ज :

पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

श्रेणी : BANNER

13 hours
Pradeep Sah
2.4kViews
1072 Shares

काठमाडौँ,०६ जेठ  । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख धरौटी माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्ववय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।

मङ्गलवार नै सो आदेश भएपछि धरौटी रकमबारे इजलासले बुधबार निवेदक पक्षलाई जानकारी गराएको हो । पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई २०८२ पुस १७ मा विशेष अदालतले थुनामा राख्न आदेश गरेको थियो । सो आदेश अनुसार उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा थिए ।

सर्वोच्चले पूर्वमन्त्री रन्जिता श्रेष्ठको हकमा विशेष अदालतले २०८२ फागुन १० मा गरेको आदेश सदर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *