वीरगन्ज :

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.7kViews
1630 Shares

कलैया (बारा), १५ असार । बाराको महागढीमाई नगरपालिका–१ स्थित वडा कार्यालय अगाडि पार्किङमा राखिएको एक ई–लोडर अचानक चल्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे वडा नं. १ कार्यालय अगाडि पार्किङ गरिएको म.प्र.०३–००२ स.२८६२ नम्बरको इलेक्ट्रिक ई–लोडरमा ५–७ जना बालबालिका खेलिरहेका बेला सवारीसाधन एक्कासि स्टार्ट भएर अगाडि बढेको थियो ।

दुर्घटनामा स्थानीय सजाद मियाकी ६ वर्षीया छोरी तबसुन खातुन गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *