वीरगन्ज :

पर्सागढीमा मुक्त हारवाचरवा र दलित जनप्रतिनिधि बिच अन्तरक्रिया

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.3kViews
1964 Shares

वीरगंज (पर्सा), २९ भदौ । मुक्त हारवाचरवा अधिकारका मंचका प्रतिनिधि र पर्सागढि नगरपालिकाका दलित जनप्रतिनिधिहरु बिच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमममा सहभागि दलित जनप्रतिधिहरुसंग मंचका प्रतिनिधिहरुले मुक्त हारवाचरवाहरुकाे न्यायिक मांगलाई सम्बाेधन गराउन नगरपालिकासंग पहल गरिदिन अनुराेध गरेका थिए । पुस्ताैदेखि दास्ता प्रथाकाे अवशेषकाे रुपमा रहेकाे हारवाचरवा प्रथाबाट हामीले कागजी रुपमा मुक्ति पाएपनि पुनरस्थापनाकाे काम अगाडी नबढेकाे हुनाले पुनरस्थापनामा स्थानिय सरकारकाे अत्याधिक भुमिका रहेकाेले नगरपालिकालाई उक्त भुमिका खेलिदिनकाे लागि दलित जनप्रतिनिधिहरुलाई पहल कदमी लिई दिनकाे लागि आग्रह गरेका थिए ।

द फ्रिडम फण्डकाे सहयाेग र ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा संचालित मुक्त हरवाचरवाकाे स्वभिमान तथा मानव अधिकारकाे प्रर्वधन गर्दै उनीहरुकाे आर्थिक समाजिक रुपमान्तरण पैरवी गर्ने (पहल) कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

मंचका नगर समितिका अध्यक्ष जादोलाल रामकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा पर्सागढि नगरपालिकाका दलित महिला सदस्यहरु ममता देबि, पार्बती देबि, मंचका पर्सा जिल्ला अध्यक्ष अमरदेव पासवान, दलित अगुवा रामस्वरुप राम, मंचका जिल्ला सदस्य धनराज राम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पर्सागढि स्थित रबिदास हलमा भएकाे कार्यक्रमकाे सहजिकरण मंचका महिन्द्र रामले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *