वीरगन्ज :

पर्साको देउरीयामा ९ किलोभन्दा बढी चरेस बरामद

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.0kViews
1647 Shares

बीरगन्ज,२७ पुस । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध चरेस बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले खेतमा फ्याँकिएको अवस्थामा १८ प्याकेटमा राखिएको ९ किलो १०० ग्राम चरेस बरामद गरेको हो।

गस्ती गरिरहेको प्रहरी टोलीलाई देखेपछि तस्करले बोकेको चरेस खेतमा फ्याँकेर फरार भएको प्रहरी निरीक्षक थापाले बताए। तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको छ।

बरामद चरेस हाल प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *