वीरगन्ज :

नेपाल प्रहरी इन्स्पेक्टरमा भिड्न पाउने उमेर सीमा बढाउने तयारी

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
2.9kViews
1307 Shares

काठमाडौँ,१५ माघ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भिड्न उमेर बढाउने गरी सरकारले नेपाल प्रहरी सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

हाल प्रहरीको इन्स्पेक्टर भिड्न २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्छ। नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो।

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ। असईमा १८ वर्षदेखि २५ वर्ष, जवानमा १८ देखि २३ वर्ष, कार्यालय सहयोगीमा १८ देखि २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *