वीरगन्ज :

नेपाली कांग्रस पर्साकाे विकाश शाखा प्रमुखमा युवा नेता सिंह

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.5kViews
1171 Shares

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता नविन सिंह विकाश शाखा प्रमुखमा मनाेनित भएका छन् । नेपाली कांग्रेस पर्साका सह सचिव समेत रहेका सिंहलाई कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले विकाश शाखा प्रमुखमा मनाेनित गरेका हुन् ।

सभापति सिंहले पार्टीको विधान २०१७ र नियमावली २०७६ काे परिच्छेद १७ काे दफा ४८(३) बमाेजिम सिंह सहित १३ जनालाई विभिन्न शाखा प्रमुखहरु मनाेनित गरेकाे नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जानकारी दिए । विकाश शाखा प्रमुख मनाेनित भएका सिंह छिपहरमाई गाउँपालिका अध्यक्षका प्रत्यासी समेत हुन् । उनी पार्टीमा र पार्टी बाहिर पनि युवा माझ लाेकप्रिय छन् ।

यसैगरी, कांग्रेस पर्साले कृषि तथा भुमीसुधार शाखा प्रमुखमा मदन यादव, पेशागत तथा बुद्धिजीवी शाखा प्रमुखमा ललन द्विवेदी, शान्ति सुरक्षा तथा प्रशासन शाखा प्रमुखमा दिनाप्रसाद गुप्ता, उद्योग व्यपार वाणिज्य समन्वय शाखा प्रमुखमा हिरालाल साह कानु, युवा तथा खेलकुद शाखा प्रमुखमा हरिन्द्र यादव, अभिलेख शाखा प्रमुखमा प्रवेश सर्राफलाई मनाेनित गरेकाे छ ।

यसैगरी प्रचार प्रसार शाखा प्रमुखमा धर्मेन्द्र पटेल, स्वास्थ्य शाखा प्रमुखमा डाक्टर रामाशंकर कुर्मी, गैरसरकारी संस्था समाजिक सेवा समन्वय शाखा प्रमुखमा माधव राउत थारु, वैदेशिक राेजगार समन्वय शाखा प्रमुखमा गम्भीरा साह तेली, ट्रेड युनियन तथा श्रमिक शाखा प्रमुखमा लक्ष्मण प्रसाद कुर्मी र शिक्षा विज्ञान तथा प्राविधिक शाखा प्रमुखमा शैलेन्द्र यादवलाई मनाेनित गरिएको कांग्रेस पर्साका प्रवक्ता पाण्डेयद्वारा जारीकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *