वीरगन्ज :

नक्कली शैक्षिक प्रमाणपत्रसहित श्रेष्ठ पक्राउ

श्रेणी : प्रदेश

2 years
Pradeep Sah
3.2kViews
1678 Shares

काठमाडौँ,०८ माघ । त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५, श्रीखण्डपुर निवासी ४८ वर्षीय विकास श्रेष्ठ पक्राउ परेका छन्।

श्रेष्ठले ब्याचलर डिग्री इन बिजनेस स्टडिज (BBS) र मास्टर डिग्री इन बिजनेस स्टडिज (MBS) का नक्कली ट्रान्सक्रिप्ट बनाएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

त्रिभुवन विश्वविद्यालयको अभिलेखमा प्रमाणहरू जाँच गर्दा सूचना सही रहेको पुष्टि भएपछि उनलाई सोमबार धुलिखेलबाट पक्राउ गरिएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *