वीरगन्ज :

धोबिनी गाउँपालिकामा कृषी र व्युटिसियन सम्बन्धि तालिम शुरु

श्रेणी : कला / साहित्य

2 years
Pradeep Sah
2.5kViews
1380 Shares

वीरगंज । पर्साको धोविनी गाउँपालिका वडा नं १ घोडदौड पिप्रारामा बुधबारदेखि १५ दिने कृषि सम्बन्धी जनचेतना मुलक तालिम र सोही वडामा १५ दिने व्युटिसियन सम्बन्धी तालिम शुरु भएको छ ।

श्रेया स्टील एण्ड क्षमता विकास प्रा. ली. धोबिनी २ पर्साको आयोजनामा कृषि सम्बन्धी जनचेतना मुलक तालिमको आयोजना भएको हो भने स्वरोजगार व्यवसायिक तालिम केन्द्र वीरगन्ज ११ को आयोजनामा ब्यूटीसियन तालिमको सुरु भएकाे हाे ।

दुवै तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र वडा नं १ का वडा अध्यक्ष बन्धू साह तेलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै पालिका अध्यक्ष चौहानले यो १५ दिनको कृषि र व्युटिसियन तालिमले सहभागीहरूलाई राम्रैसंग सिक्ने अवसर प्रदान गरेकोले तालिमको लाभ लिन सहभागीहरूलाई आग्रह गरे ।

उनले तालिममा सिकेका कुराहरू कृषि र महिलाहरुले व्युटिसियनमा समय दिने र दुई पैसा कमाउनेमा आफू विश्वस्त रहेको बताए ।

यसैगरी वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीले दुवै तालिमले सहभागीहरूलाई फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए । साथै उनले तालिममा सिकेका कुराहरू आफ्ना व्यवसायिक जीवनमा लागू गर्न आग्रह गरे ।

सो अवसरमा वडा नं ४ का वडाध्यक्ष अब्बास मिया चुरिहर, सामाजिक विकास शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, कृषि प्रशिक्षक अमित कुमार यादव, पुनम कुमारी पटेल, व्युटिसियन प्रशिक्षक मिना कुमारी पटेल, सञ्जना पटेल, स्वरोजगार व्यवसायिक तालिम केन्द्रकी प्रतिनिधि सविता शर्मा, श्रेया स्टील एण्ड क्षमता विकास प्रा.ली का प्रतिनिधि रामानन्द ठाकुर, कार्यपालिका सदस्यहरू धुर्ब साह, सरोज पटेल, नन्द किशोर प्रसाद, जग पासवान र वडा नं १ का वडा सचिव अशोक राउत कुर्मी, समाज सेवी शिवशंकर राउत कुर्मी, नेपाली कांग्रेसका वडा सभापती गणेश साह लगायतहरुको उपस्थिति रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *